खाद्यविद् बरालको ‘मःमःका पाइलाहरुझ’को विमोचन

डिसी नेपाल
९ साउन २०८२ ९:१६
12
Shares

काठमाडौं । बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ  विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरुझ को विमोचन भएको छ ।

बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभलझमा विमोचन भएको हो ।

साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए  ।

विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने, ‘हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ । यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ ।’ नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भूमिका खेल्ने छन् ।

कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने बताए  ।

अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिए ।  कार्यक्रमको आयोजकमा मोः मोः फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेको थियो ।

पोखरामा जन्मिएका बराल लामो समयदेखि लण्डनमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन्  ।

जुम्बारा तथा मोमो एण्ड रोटी रेस्टुरेन्टहरुका सह संस्थापक बराल बिनोद बराल स्कुल अफ हस्पिटालिटीका संस्थापक पनि हुन् ।  सन् २०२२ मा कतारमा अयोजित फिफा विश्व कपमा खेलाडीहरुलाई खाना बनाएर खुवाएका उनी ‘ग्लोबल गुड्विल एम्बेसडर’ पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.