प्रधानमन्त्री ओलीद्वारा मधेसका सुख्खाग्रस्त क्षेत्रको अवलोकन (तस्बिरहरू)

डिसी नेपाल
९ साउन २०८२ १२:३६
64
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मधेस प्रदेशको महोत्तरी र बारा जिल्लाका सुख्खाग्रस्त क्षेत्रको अवलोकनका लागि पुगेका छन्। उनले हेलोकोप्टरमार्फत त्यस क्षेत्रको अवलोकन गरिरहेका हुन्

साउन ७ मा सरकारले मधेस प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा मधेसका पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, सप्तरी र धनुषामा सुक्खा लागेको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

मधेसका जिल्लामा वर्षा कम भएका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

प्रदेश सरकारले यही मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअनुसार मधेसका जिल्लाहरूमा तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

प्रधानमन्त्री ओलीले अनुगमन गरिसकेपछि सरोकारवालले बुझाएको प्रतिवेदन अनुसार राहतसहितको प्याकेज घोषणाको अपेक्षा गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.