विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

डिसी नेपाल
१० साउन २०८२ १०:४१
856
Shares

काठमाडौं । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोलेका राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुरज खरेल निलम्बित भएका छन्।

पार्टी नेतृत्वविरुद्ध अशोभनीय गतिविधि गरेको तथा सामाजिक सञ्जालमा पार्टीविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा युवा संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको संघले जनाएको छ। संघले खरेललाई शुक्रबार पत्र पठाएर निलम्बनबारे जानकारी दिएको छ।

‘आजको मितिबाट लागू हुने गरी राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधित)को धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको छ,’ संघका महासचिव महेश चौलागाईंको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ।

संघले उक्त आरोपलाई आधार बनाएर गत २५ असारमा तीनभित्र भौतिक रुपमा उपस्थित हुनुपर्ने निर्देशनसहित स्पष्टीकरण सोधेको थियो । सो निर्देशनको अवज्ञा गर्दै गैरजिम्मेवार र अराजक किसिमको जवाफ दिएकोले निलम्बन गरिएको संघले पत्रमा उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *