ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

डिसी नेपाल
१९ असोज २०८३ २१:१०

काठामडौं । कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार, नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म करिब ४०० लिटर डिजेल ड्रोनमार्फत पुर्‍याइएको हो।

सडक अवरुद्ध भएपछि निर्माण तथा मर्मत कार्यमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा समस्या देखिएको थियो। ड्रोनमार्फत इन्धन पुर्‍याएपछि महभीर, भीरकाटे र पोखरेबगर क्षेत्रमा सञ्चालित सडक निर्माण तथा मर्मतको कामलाई निरन्तरता दिन सहज भएको मन्त्री लम्सालले जानकारी दिएका छन्।

बाढीबाट क्षतिग्रस्त सडक खण्डमा पुनःनिर्माण तथा मर्मतको काम जारी रहे पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *