ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो: प्रचण्ड

डिसी नेपाल
१० साउन २०८२ १६:३२
324
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको प्रयासस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा शनिबार आयोजित निर्वासन नामक कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले नेकपा विघटनतर्फ किन पुग्यो भन्ने विषयमा खुलेर धारणा राखेका हुन्।

‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक पुर्‍याइदिएका थिए,’ उनले भने, ‘तर टिकेन। प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई। मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ।’

प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए। उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो। तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए।

‘अर्को हप्तामै प्रचण्डले पार्टी सिद्ध्याउने भयो भनेर पशुपतिमा होटलमा बसेर मेरो विरुद्ध हमला गर्न साँठगाँठ भएको थियो,’ उनले भने। उनले पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्ततः असफल हुनुपरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *