फलफूलमा हुने आयात कम गर्न फल दिने विरुवा रोप्न आवश्यक : सांसद श्रेष्ठ

डिसी नेपाल
१० साउन २०८२ १७:२७
44
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिराज भक्त श्रेष्ठले खुल्ला क्षेत्रमा फलफूलका बोटहरु लगाउन सके फलफूलमा हुने आयात कम गर्न सकिने बताएका छन्।

शनिबार रोटरी क्लबले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले फल दिने विरुवा रोप्न जोड दिएका हुन्।

उनले भने, ‘रोटरी क्लबले यो पटक फल दिने बिरुवाहरु रोपेको छ। नेपालमा फलफूल उत्पादनमा ह्रास भएर बाहिरी मूलुकबाट भित्राइएका भन्ने समाचारहरु आइरहेका छन्। खुल्ला क्षेत्रहरुमा फलफूलहरु रोप्न थालियो भने चराचुरुङगीले पनि खान पाउने र विस्तारै बाहिरबाट भित्र्याउने संख्यामा पनि कमि हुन्छ। यस्ता कामहरुले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ।’

उनले खुल्ला क्षेत्र फल लिने विरुवाहरु रोप्दा पछि आयात निर्यातमा सन्तुलन हुनुका साथै अर्थतन्त्रमा टेवा पुर्याउने बताए। उनले सबैलाई खाली ठाउँमा फल दिने विरुवाहरु रोपी शहरी हरियाली प्रवर्धन गर्न समेत आग्रह गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *