भ्रष्टहरुको फाइल जोगाउन ठूला दल मिलेर सरकार बनाएः स्वर्णिम वाग्ले

डिसी नेपाल
१० साउन २०८२ १७:४३
84
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरुको फाइल जोगाउनका लागि ठूला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा भएको बताएका छन्।

शनिबार काठमाडौंमा रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठूला क्रान्तिपछि देशलाई स्थिर बनाउन ठूला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरुको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन्।

उनले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे। समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ।

वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको भन्दै अब छिटै ठूला दलले त्यसको नतिजा भोग्ने चेतावनी दिए। उनले २८ लाख नेपालीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *