रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा

डिसी नेपाल
१४ साउन २०८२ १३:१८
360
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ।

विधान विपरीत रञ्जिताले कार्यवाहक अध्यक्ष तोकेको कारण देखाउँदै पार्टीले उनलाई अध्यक्ष पदबाट हटाएको जानकारी आयोगलाई गराएको हो।

घुसकाण्डमा मुछिएसँगै सञ्जिता विवादमा तानिएकी थिइन्। उनले पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएपछि पार्टीभित्र विरोध भएको थियो।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो। रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले आयोगलाई जनाएको छ।

अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *