मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने

डिसी नेपाल
२४ साउन २०८२ ९:५५
28
Shares

काठमाडौं। संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान भोलि (आइतबार)कैलालीमा हुने भएको छ ।

तराई मधेशकेन्द्रित ७ दलिय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनि निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यक्ता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको छ।

कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ। मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *