रुरूक्षेत्र गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

डिसी नेपाल
२४ साउन २०८२ १३:३७
800
Shares

गुल्मी । गुल्मीको रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ। विगतका वर्षझैँ यस वर्ष पनि विशेष रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा आगामी आइतबार (साउन २५ गते) गाउँपालिकाले एक सूचना जारी गरेर सार्वजनिक बिदा दिने दिएको हो।

गाउँपालिकाभित्र सामाजिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने र यस क्षेत्रमा विशेष रूपमा मनाइने भएकाले गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीद्वारा जारी सूचनामा बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालयसहित अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थाहरू बन्द रहनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *