विराट् ज्ञान महायज्ञमा देवी प्रतिभा र रवि ओडले दिए प्रश्तुती
काठमाडौं । संकट मोचन विराट् ज्ञान महायज्ञ २०८२ को २५औं दिनमा कथा वाचिका देवी प्रतिभा र गायक रवि ओडले पशुपतिनाथ क्षेत्रमा उपस्थित भक्तजनलाई भजनमार्फत रमाइलो गराएका छन्।
उनीहरूले श्रद्धालुहरूलाई भक्तिभावमा डुबाउने विभिन्न भजन प्रस्तुत गरेका छन्। उपस्थित भक्तजनहरू उनीहरूको सुमधुर स्वरमा झुमेका थिए।
श्रावण महिनाभरि चल्ने यो विराट् ज्ञान महायज्ञले धार्मिक चेतना जागृत गर्नुका साथै सांगीतिक कार्यक्रममार्फत भक्तजनलाई आकर्षित गर्दै आएको छ। महायज्ञ श्रावण महिनाको अन्त्यसम्म निरन्तर सञ्चालन हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment