भारतीय अवैध हतियारका कारोबारी नेपालबाट पक्राउ

डिसी नेपाल
२५ साउन २०८२ २१:५५
368
Shares

धनगढी । भारतीय अवैध हतियारका कारोबारी नेपालबाट पक्राउ परेका छन्।

भारतको दिल्लीका ५२ वर्षीय शेख सलीम अर्थात्त सलीम पिस्टल नेपालबाट पक्राउ परेका हुन्।

भारतीय सुरक्षा स्रोतका अनुसार उनी भारतीय अवैध हतियारको ठुलो कारोबारी हुन्। दिल्ली प्रहरीको विशेष समूहले उनलाई नेपालबाट पक्राउ गरेको बताएको छ। तर, नेपालको स्थानको बारेमा भने, भारतीय सुरक्षा स्रोतले खुलाएको छैन।

उनी लामो समयदेखि भारतीय सुरक्षा कर्मीको फरारको सूचिमा रहेका थिए। उनको पक्राउलाई भारतीय सुरक्षाकर्मीले ठुलो सफलता मानेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *