रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

डिसी नेपाल
२६ साउन २०८२ १८:५५
1.1k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गरेको निवेदन अदालतले अस्विकार गरेको छ। उनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै पठाउने आदेश जारी गरेको हो।

रुपन्देही कारागारमा पुर्पक्षको लागि थुनामै रहेको बेलामा लामिछानेले जिल्ला अदालत रुपन्देहीमा आफूलाई रिहा गर्न माग गरेर गत साउन १८ गते निवेदन दिएका थिए।

सो निवेदनउपर आज न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलास सुनुवाई भएको थियो। लामिछानेले निवेदनसँगै बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाइसकेको अवस्थामा मुद्दाको सुनुवाइ अघि बढेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *