प्रधानमन्त्री ओलीद्वारा मलको व्यवस्थापन गर्न निर्देशन

डिसी नेपाल
२७ साउन २०८२ १६:३१
32
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी बारे तीन बुँदे निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुपर्ने निर्देशन दिए। यसैगरी कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने किसिमको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनु प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *