पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङले गरे उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बिहीबार नेपाल पर्वतारोहण संघ केन्द्रीय समितिको निर्वाचनमा अध्यक्षका प्रत्यासी गुरुङ्गले व्यवसायीक तथा समावेशि समूहको उम्मेदवार घोषणा गरेको बताए।
उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पुर्याउन आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए।
गुरुङको टिमबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमल कुमार नहर्कीले चुनावी प्रतिस्पर्धा गर्ने बताए।
सचिवमा ङीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा र सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरि गोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा प्रत्यासी रहेका छन्। संघको चुनाव आगामी भदौ ७ गते हुँदैछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment