बागमतीमा सरकार विस्तारको तयारी, कांग्रेसबाट पाँच मन्त्री नियुक्त हुँदै

डिसी नेपाल
३० साउन २०८२ १४:००
3.4k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषदमा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर शपथ गराएका थिए।

काँग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डा अनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो।

जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *