भारतीय विदेशी सचिव मिश्री आज नेपाल आउँदै, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिने

डिसी नेपाल
१ भदौ २०८२ ६:३३
16
Shares

काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिश्री आज दुई दिने नेपाल भ्रमणमा आउँदैछन्।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्।

विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर सृजना हुने अपेक्षा गरिएको छ।

भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ जसले हालैका वर्षहरुमा सहकार्यका विविध क्षेत्रहरुमा ठोस प्रगति देखेको र भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशी सचिव मिश्रीले यही भदौ ३१ गते हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि निमन्त्रणा दिने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *