नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

डिसी नेपाल
१ भदौ २०८२ १०:२८
44
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन्। उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन्।

उनले लेखेका छन्, नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *