नेकपा एस निकट युवा संघमा समानान्तर कमिटी, माधव र झलनाथबीचको विवाद थप सतहमा

डिसी नेपाल
१ भदौ २०८२ २०:०९
120
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संगठनमा समानान्तर कमिटी गठन भएको छ।

आज सञ्जीव राईको संयोजकत्वमा २ सय २१ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको हो।

समानान्तर कमिटीका संयोजक राई पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट मानिन्छन्। पार्टी अध्यक्ष माधव कुमार नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै उनी नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको हो।

पार्टीभित्र सम्मानित नेता खनाल र अध्यक्ष नेपालबीच विवाद चर्किरहेको बेलामा युवा संगठनमा समानान्तर कमिटी बन्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *