बीमा प्राधिकरणको अध्यक्षमा ओझा अयोग्य देखिएको समितिको निष्कर्ष

डिसी नेपाल
१ भदौ २०८२ २०:१७
68
Shares

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा अयोग्य देखिएको पाइएको छ। उनीबारे जाँचबुझ गर्न गठित न्यायिक समितिले योग्यतामा प्रश्न उठाउँदै प्रतिवेदन तयार पारेको हो।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ। समितिले ओझामाथि तीनवटा प्रश्न उठाउँदै प्रतिवेदन तयार पारेको छ।

प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको समितिको निष्कर्ष छ। योग्यताको कागजात तयारदेखि नियमित कामकारबाहीका विषयमा प्रश्न उठाइएको हो।

सरकारले प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको कागजातमाथि अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य थिए। १२ फागुन, २०८१ को सरकारले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *