उपसभामुख हटाउने निर्णयमा गगन, विश्वप्रकाशसहित शेखर कोइराला टिमका सांसदले हस्ताक्षर गरेनन्
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने निर्णयमा नेपाली कांग्रेस विभाजित भएको छ । मंगलबार पार्टीको संसदीय दलको कार्यालयमा उपसभामुखलाई हटाउने निर्णयमा सांसदहरुलाई हस्ताक्षर गराइएको थियो ।
यो निर्णयमा शेखर कोइराला समूहका सांसदहरुले हस्ताक्षर गरेनन् । कोइरालानिकट स्रोतका अनुसार निर्णयमा पार्टीका दुई महामन्त्रीहरु शेखर कोइराला र विश्वप्रकाश शर्माले समेत हस्ताक्षर गरेका छैनन् ।
कोइराला समूहले आफ्नो पक्षमा १६ जना सांसद रहेको दावी गर्दै आएको छ । कोइराला पक्षका सांसदहरुमध्ये दिलेन्द्रप्रसाद बडूले मात्रै हस्ताक्षर गरेको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment