बोर्ड र टिकटकबीच भएको साझेदारी प्रवर्द्धनमा मात्र सीमित होइन: मन्त्री पाण्डे
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बोर्ड र टिकटकबीच भएको साझेदारी अन्तर्राष्ट्रिय प्रवद्र्धनमा मात्र सीमित नरहेको बताएका छन्।
मंगलबार नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गर्दै उनले यसले स्थानीय समुदाय र सिर्जनाकर्ताहरूलाई सशक्त बनाउनमा पनि ध्यान केन्द्रित गर्ने बताए। पर्यटन नेपालको लागि उद्योग मात्र नभइ यो हाम्रो सामाजिक–आर्थिक विकासको मेरुदण्ड पनि भएको मन्त्री पाण्डेले बताए।
उनले भने, ‘यस साझेदारी अन्तर्गत योजना गरिएका कार्यशाला र क्षमता अभिवृद्धि कार्यक्रमहरूले नेपाली युवा, उद्यमी र कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो सम्पदा, संस्कृति र उद्यमहरू प्रदर्शन गर्ने सीप प्रदान गर्नेछन्। यसले रोजगारी सिर्जना गर्दछ, साना र मझौला व्यवसायहरूलाई समर्थन गर्दछ। ग्रामीण समुदायहरूलाई सशक्त बनाउँछ र सांस्कृतिक परम्पराहरूको रक्षा गर्दछ। यो साझेदारीले हामीलाई यी फाइदाहरू अझ व्यापक र समावेशी रूपमा बाँडिएको सुनिश्चित गर्ने अवसर दिन्छ।’







डिसी नेपाल







Facebook Comment