बूढानीलकण्ठमा कांग्रेस संसदीय दलको बैठक जारी

डिसी नेपाल
४ भदौ २०८२ १२:४९
76
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ। बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो।

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता देउवासहित पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र वरिष्ठ सांसदहरू सहभागी छन्।

उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावसँगै भूमि, निजामती, विद्यालय शिक्षा, संवैधानिक परिषद्लगायत विधेयकका विषयमा छलफल जारी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *