खुमबहादुरलाई प्रचण्डको दुई लाख सहयोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाण मानसिक स्वास्थ्य केन्द्र एकान्तकुनामा उपचार गरी स्वास्थ्य लाभ गरिरहेका खुमबहादुर बिकलाई आर्थिक सहयोग गरेका छन्।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
जनमुक्ति सेनामा समेत सक्रिय रहेका बिक करिव चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारिमा छन्।
सो अवसरमा अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै यस सस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment