‘दुई दलीय व्यवस्थाको मिसन अन्ततः एकदलीय प्रवृत्तिमा परिणत हुने खतरा’

डिसी नेपाल
४ भदौ २०८२ १४:३१
52
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले सत्तारुढ दुई प्रमुख दलहरू दुई दलिय व्यवस्थाको मिसनमा लागिपरेको भन्दै त्यसको तीव्र आलोचना गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक र विविधतायुक्त समाजमा दुई दलिय अवधारणा न सैद्धान्तिक रूपमा उचित न व्यवहारिक रूपमा उपयुक्त ठहरिने बताएका हुन्।

‘प्रमुख दुई सत्तारुढ दलहरू दुई दलिय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ,’ सांसद बस्नेतले भने, ‘तर यो अवधारणा अन्ततः एकदलिय प्रवृत्तिमा परिणत हुने खतरा छ। नेपाली जनताले यस्तो मिसनलाई स्वीकार गर्ने छैनन्।’

उनले सत्तारुढ दलहरू उपसभामुखविरुद्ध विदेशमै रहँदा हस्ताक्षर संकलनमा लागेको भन्ने समाचारप्रति पनि चिन्ता व्यक्त गरे।

‘विदेशमा रहेकी सामाजिक रूपमा समेत सक्रिय एक महिला नेतृमाथि यसरी व्यवहार गरिनु न त समावेशी मूल्यअनुकूल देखिन्छ, न त सामाजिक न्याय अनुकूल र न लोकतान्त्रिक चरित्रअनुकूल हो।’उनले भने।

बस्नेतले समावेशिता, न्याय र लोकतन्त्रको मूल मर्ममाथि प्रश्न उठ्ने खालको राजनीतिक चलखेल बन्द गर्न आग्रह गर्दै, बहुलवाद र विविधताको सम्मान गर्न सत्तारुढ दलहरूलाई चेतावनी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *