राप्रपा सांसदको अभिव्यक्तिप्रति एमाले सांसद थापाको आपत्ति

डिसी नेपाल
४ भदौ २०८२ १५:३३
92
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभामा राप्रपा सांसद कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउनका लागि कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयमा बोलेको भन्दै नियमापत्ति जनाएका हुन्।

‘कस्ता सदस्य भनेको रेकर्डबाट हटाउनुपर्छ। मण्डलेतन्त्रविरूद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताका प्रतिनिधि हौं। जनताबाट निर्वाचित हौं। कस्ता कागजमा सही गर्छौं यो हामी जानेर, बुझेर सही गर्छौं,’ उनले भने।

साथै उनले भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटक पटक सडक अवरुद्ध हुने गरेकोले यस विषयमा सम्बन्धित मन्त्रालय र निकायको गम्भिर आर्कषण समेत गराएका छन्।

उनले भने, ‘भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटक पटक सडक अवरुद्ध हुने गरेको छ। यस विषयमा सम्बन्धित मन्त्रालय र निकायको गम्भिर रुपमा ध्यान आर्कषण गराउन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *