कति प्रधानमन्त्री भइरहने भन्नेलाई देउवाको जवाफः जनताले भोट हाल्छन् त के गर्ने मैले ?

डिसी नेपाल
४ भदौ २०८२ १८:१७
192
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताउँदै कति प्रधानमन्त्री भइरहने ? भनेर गरिएको प्रश्नमाथि आलोचना गरेका छन्।

बुधबार काठमाडौंमा स्व.प्रदीप गिरीको स्मृतिमा आयोजित राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा बोल्दै उनले धेरैले कति प्रधानमन्त्री भइरहेको भन्दै प्रश्न गर्ने गरेको बताउँदै जनताले भोट हाल्छन् त के गर्ने मैले? भन्दै प्रतिप्रश्न गरे।

उनले भने, ‘यहाँ धेरै साथीहरूले कुरा उठाएका छन् अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने। कति प्रधानमन्त्री भइरहने भन्नुभयो। म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो म। त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो। अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो जहिल्यै पनि। सौभाग्यले कहिले पनि हारेको छैन।’

त्यस्तै उनले डडेल्धुराबाट आफूलाई हराउन पार्टीका नेताहरु आफ्नो खिलाफमा लाग्दा पनि निर्वाचन जितेको बताए। जनताभन्दा ठूलो कोही नभएको बताउँदै सभापति देउवाले सबैले जनताको सेवागरी मन जित्ने काम गर्नुपर्नेमा जोड दिए।

‘धेरै पार्टीका नेता साथीहरु मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेल्धुराबाट हार्छ भनेका थिएँ, तै पनि जितेछु। त्यसैले जनता सबैभन्दा ठूलो कुरा हो। जनतालाई त्यही कारण सार्वभौम सम्पन्न जनता भनेका छौँ। जनता देशको मालिक हो। जनता भन्दा ठूलो कोही छैन। त्यसैले सबै साथीहरुले जनताको सेवा गरौं जनताको मन जित्ने काम गरौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *