उपत्यकाका ३ वटै जिल्लाका सीडीओ फेरिए

डिसी नेपाल
४ भदौ २०८२ २२:१६
200
Shares

काठमाडौं। काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले बुधबार सहसचिव र उपसचिवहरुको सरुवा गर्दा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका हुन्।

गृह मन्त्रालयले मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा गरेको हो। जस अनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ। काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।

यस्तै ललितपुरमा यसअघि धादिङका सीडीओ सुमन घिमिरेलाई खटाइएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *