राष्ट्रियसभा बैठक बस्दै, नागरिकता बिधेयक पारित गर्ने तयारी
upper house
काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ। आजको बैठकमा गृह, उद्याेग, संस्कृति मन्त्रालयासँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिनेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
गृहमन्त्री रमेश लेखकले बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपालको नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ मा बिचार गरियोस तथा पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment