शिक्षा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

डिसी नेपाल
६ भदौ २०८२ १६:००
48
Shares

काठमाडौं। विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ।

शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन्। समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए।

सभापति थापाले विद्यालय शिक्षाका क्षेत्रमा रहेका विषयलाई नविनता दिनका लागि अधिकतम प्रयास गरेको उनको भनाइ छ। उनले विद्यार्थीको शिक्षा पाउने अवसरबाट बञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको पनि धारणा राखे।

सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दबाब आएपनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दबाबलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गर्न सफल भएको जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *