शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन

डिसी नेपाल
६ भदौ २०८२ १६:१०
44
Shares

सिरहा । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकको केही नीतिगत प्रावधानले गुणस्तरीय शिक्षा र निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने भन्दै निजी विद्यालय सञ्चालक संघ प्याब्सनले शुक्रबार लहानमा शान्तिपूर्ण विरोध र्याली निकालेको छ।

‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

संघले विद्यालय बन्द गर्ने नीति विद्यार्थीको भविष्यसँग खिलवाड भएको भन्दै तत्काल नीति पुनर्विचार गर्न सरकारसमक्ष माग राखेको छ। सहभागीहरूले प्लेकार्ड बोकेर शान्तिपूर्ण जुलुस गरेका थिए र विद्यार्थीको उज्ज्वल भविष्यका लागि निजी विद्यालयको योगदानलाई सम्मान गर्न आग्रह गरेका थिए।

संघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई राजनीतिबाट प्रभावित नगरी दीर्घकालीन नीतिगत स्थिरता कायम गर्न सरकारलाई अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *