मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव

डिसी नेपाल
६ भदौ २०८२ १६:४६
304
Shares

जनकपुर । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोज कुमार यादवलाई दिइएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको मलेसिया भ्रमणका लागि आज जान लागेका छन्।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको पत्रमार्फत जानकारी गराएको छ।

मुख्यमन्त्री सिंह मलेसियामा रहेका नेपाली कामदार, विशेष गरी मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुने जनाइएको छ।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारहरूको जीवन, समस्या र अवस्थाबारे बुझ्न महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *