कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

डिसी नेपाल
६ भदौ २०८२ १६:५५
676
Shares

रौतहट । नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सभपाति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन्।

तत्कालिन मनुस्मारा सिँचाई आयोजनाको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले केही समयअघि दोषी ठहर गरेको थियो।

सर्वोच्च अदालतले समेत विशेषको फैसला सदर गर्दै उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपियाँ बिगो भराउने फैसला गरेको थियो।

अदालतले दिएको आदेशलाई स्वीकार गर्दै नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट राजीनामा दिएको सिंहले जारी गरेको पत्रमा उल्लेख छ।

‘आफुमाथि लगाइएको मुद्दा अदालतबाट सदर भएको अवस्थामा छ,’ उनले भने, ‘अदालतको आदेश मान्नु मेरो कर्तव्य पनि हो।’

पार्टीको जिम्मेवार पदबाट राजीनामा दिएपनि आफू सदैव नेपाली काँग्रेसप्रतिको आस्था र विचारलाई अंगिकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला सभापतिबाट सिंहले राजीनामा दिएपनि कार्यवाहक तोक्न भने बाँकी छ। २०७८ साल फागुन २९ गते सर्लाही सभापति पदमा निर्वाचित भएका सिंह दुई पटक पाटीको जिल्ला उपसभापतिको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *