‘बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्छ’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर र सम्मान गर्नुपर्ने बताएका छन्।
शनिबार बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिदैँ उनले बुबाको मुख हेर्ने दिन परम्परामा पितृ सम्मानको प्रतिकात्मक दिन भएपनि बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्ने बताए।
आजको दिन टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने गरेको उनको भनाइ छ।
उनले भने, ‘बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो। बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नु पर्छ। टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो। सबैका जीवित पिताहरुलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा, बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना !’
यस्तै, उनले आज बिहानै आफ्नो बुबासँग आशीर्वाद लिएको भन्दै सधैँ उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने बताए।
उनले भने, ‘म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी। बिहानै बुबासँग आशीर्वाद लिएँ। बुबा ९६ वर्षको हुनुभयो, कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ। बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए। उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment