लगानी बोर्डद्वारा तल्लो अप्सुवा जलविद्युत्लगायत ठूला परियोजनामा लगानी स्वीकृत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट) को लागि ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ।
शुक्रबार बसेको बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता तथा वित्तीय ढाँचा तयारी गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो। यसबाहेक, पाँचखाल विशेष आर्थिक क्षेत्र र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिइएको छ।
साथै, माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को नयाँ प्रसारण लाइन रुटको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिशन प्रालिलाई सहमति प्रदान गरिएको छ। बैठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment