भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

डिसी नेपाल
७ भदौ २०८२ १४:१८
108
Shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरेको छ।

शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सँधै कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी चाँही नगरेको बताए।

सरकार यसमा गम्भीर बन्नका साथै छलफलको विषय बनाउनुपर्ने उनको भनाई छ। लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरिय समिति पनि बनेता पनि अन्तिममा आएर यो विषयमा भारत बाहिरिएको बताउँछन।

उनले भने,‘हाम्रो सरकारले कुटनीतिक पहल गर्ने कुरा त छँदैछ। तर सँधै कुटनीतिक पहल भनेर बस्ने तर पहलकदमी चाँही गरिदैन्। पहिलो कुरा त सरकार यसमा गम्भीर बन्नुपर्छ र छलफलको विषय बनाउनुपर्छ। भारतले यो विषयमा छलफल नै गर्न चाहेको छैन्। लिपुलेकको सन्दर्भमा पटक पटक विदेश सचिवस्तरीय समिति पनि बनेका छन्। तर अन्तिममा यो विषयमा भारत बाहिरिएको छ।’

त्यस्तै उनले भारतले नेपालसँग छलफल मात्रै गर्ने हो भने पनि नेपालसँग प्रसस्त प्रमाणहरु रहेको बताए। यो मुद्दालाई नेपाल र भारतबीचको विषयभन्दा पनि अन्तराष्ट्रियकरण गरी अन्तराष्ट्रिय अदालतसम्म गएर सिमानाको लागि लड्नुपर्ने उनको भनाई छ।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गर, लिपुलेक हाम्रो हो, नेपाली भूमिमाथिको हस्तक्षेपको बन्द गर, भारतीय सेना कालापानी, छोड, छोड ,छोड कालापानी छोड, नेपाली भूमि अतिक्रमण गर्ने निर्णय अबिलम्व खारेज गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *