वीरगन्जमा प्रदीप गिरिबारे चर्चा, नेपाल–भारतका बुद्धिजीविहरूले गरे प्रशंसा
वीरगन्ज । नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगन्जमा जमघट भएको छ।
विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगन्जमा शनिबार राजनीतिज्ञ तथा बुद्धिजीविहरू भेला भएका हुन्।
प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना भएको उक्त कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि जारी छ।
कार्यक्रममा गिरिको जीवन, विचार र उनले जिएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विमर्श भइरहेको छ।
कार्यक्रम आयोजनका लागि वीरगंज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस, नेपाल न्युज बैंकलगायतका संघसंस्थाहरू साझेदार छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment