प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो : गगन थापा

डिसी नेपाल
७ भदौ २०८२ १७:०८
1.1k
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठूलो कुरा भावना र समस्यामा केन्द्रीत हुनुपर्ने विचार राख्ने गरेको प्रसंग कोट्याएका छन्।

शनिबार वीरगंजमा आयोजित ‘प्रदीप गिरी को सम्झनामा आत्मा र संघर्ष’ नामक कार्यक्रममा बोल्दै उनले प्रदिप गिरीले बिपी कोइरालाको बारेमा लेखेका पुस्तकको सम्पादकीयबाट नै सिमाना र राष्ट्रियताको परिभाषा बुझ्न सकिने बताए।

गिरीले बिपीको युक्तिलाई कतैपनि नछाडेको बताउँदै राष्ट्रियता भनेको माटो भन्दा पनि ठूलो हो भन्दै आफ्नो लागि राष्ट्रियतालाई केन्द्रमा राखेर विचार व्यक्त गर्ने गरेको सुनाए।

थापाले अगाडि भने,‘प्रदिप गिरी दाईसँग राम्रै बहस छलफल हुन्थ्यो। एक पटक उहाँले मलाई एउटा पुस्तक पठाउनुभएको थियो। एकदिन धापासीको घरमा बोलाउनुभयो। सबैकुरा गर्नुभयो र हामीलाई प्रधानमन्त्री बन्ने इच्छा छ भनेर सोध्नुभयो। हामीले दाई पहिला बन्नुहोस भन्यौं। उहाँले म नेपालको प्रधानमन्त्री बन्नेभए तिमीहरुलाई प्रस्ताव गर्ने थिइन्। किनकी सिंगो संसारकै अथवा एसियाकै प्रधानमन्त्री बन्न पाउने अवसर आए बन्नेथिए भनेर ठट्टा गर्नुहुन्थ्यो। त्यसपछि हामीले छलफलबाट के निस्कर्ष निकाल्यौं भने उहाँमाथि ठूलो प्रभाव लोहियाको पायौं। लोहियाको वल्र्ड कर्भमेन्ट अर्थात देशको सीमा भन्दा माथि हुनुपर्ने सोच उहाँमा थियो। देशहरुको वाउर्डिज हुनुहुँदैन भन्ने थियो। सीमाहरु भनेको त धेरैपछि मानिसहरुले बनाएका हुन, सीमाहरु भनेका बनाइएका हुन् र त्यसलाई भत्काएर त्यो भन्दा माथि नजरीया बनाउनुपर्छ भन्नुहुन्थ्यो। उहाँहरुको विल्कुलै फरक धारणा थियो। उहाँ र मेराबीच धेरै भिन्नताहरु थियो।’

‘जतिबेला लिम्पियाधुरा र लिपुलेकको प्रसंग अघिल्लो पटक केपी ओली नेतृत्वकै बेला उठ्यो। त्यो विषय उठ्दा कांग्रेसको तर्फबाट पुनःनक्साकंन गर्ने निर्णय भयो र त्यसबारे उहाँसँग धेरै छलफल भयो। प्रदिप गिरिको सोचाइ सीमाना वारीपारी बस्ने मानिसका बारेमा फरक थियो। यसै सन्दर्भमा बिपी कोइरालाको पनि एउटा भनाइ थियो–कि राष्ट्र, राष्ट्रभित्र बसेका मानिसहरु त्यो समस्यासँग जुध्धा जुन भावना आउँछ त्यो नै राष्ट्रियता भन्नुहुन्थ्यो। मेरा लागि राष्ट्रियता भनेको माटोभन्दा पनि ठूलो नागरिकका समस्याहरु हुन्छन् भन्नुहुन्थ्यो। त्यसैले प्रदिप गिरिले विपीको बाटो छाड्नुभएको छैन्,’ गिरीका बारेमा प्रष्ट पार्दै भने।

महामन्त्री थापाले कुनै देशको सिमाना हुँदैन भन्ने गरेको प्रसंग भनेको केन्द्रविन्दुमा जनता हुनुपर्ने धारणा रहेको स्पष्ट पारे। कुनै देशको माटो भन्दा पनि ठूलो भनेको भावना र समस्या हुनुपर्ने गिरीको सोच रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *