सङ्घीय मामिला तथा सामान्य मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना

डिसी नेपाल
८ भदौ २०८२ ९:१०
20
Shares

दमौली (तनहुँ)। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताएकी छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र हो कि भन्ने रहेकामा त्यसलाई चिर्दै सङ्घीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि मन्त्रालयको रहेको बताइन्।

मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको बताइन्।

कार्यक्रममा नेकपा ९एमाले० जिल्ला कमिटीका उपसचिव खिमबहादुर कुमाल, शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष रघुनाथ पौडेललगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना व्यक्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *