द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक

डिसी नेपाल
८ भदौ २०८२ ११:४३
40
Shares

काठमाडौं। गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषयक उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्।

‘द्वन्द्वको प्रकृति फरक छ। जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ। हामीले ठीक ढंगले बुझ्दिनुपर्छ। द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो। दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन। द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो,’ उनले भने।

द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ।

‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन्। सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ। द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो,’ उनले भने।

देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गरे। ‘अहिलेसम्म नेपालमा सात वटा संविधान बने। धेरै संविधान बन्ने कुरा राम्रो होइन। धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो,’ उनले भने।

वर्तमान संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखकको भनाइ छ।

यस्तै संविधानले गरेको अधिकारको बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *