राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट
काठमाडौं। राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्। इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि शितल निवास पुगेका हुन्।
वीपीनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए। उनीहरूले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका थिए।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले वीपीनको रिहाइका आफूले थप प्रयास गर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment