राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थिआन सुआन बिच भेटवार्ता हुँदै

डिसी नेपाल
९ भदौ २०८२ ९:०५
48
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थिआन सुआनबीच भेटवार्ता हुने भएको छ ।

आजसोमबार राष्ट्रपति भवनशितनिवासमा ११ बजे भेट हुने कार्यसुचि रहेको छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी थिइन् । सुआन भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *