मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
जनकपुर। मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन्।
मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए।
उनले अन्य सबै मन्त्रालयहरुको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदापनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए।
मन्त्री लेखीले मधेश प्रदेशमा अहिले अपराधिक क्रियाकलापमा कमी आएको दाबी गरे। उनले प्रहरी जवानहरुले थोरै सुविधा पाएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेको बताए।
सञ्चार माध्यमहरुमा दिनहुँ चोरी निकासी, पक्राउ, हत्या हिंसाका समाचारहरु बढाइ चढाइ गरी सप्रेषण हुने गरेकामा मन्त्री लेखीले गुनासो गर्नुका साथै, सहि सूचनाको आधारमा समाचार सम्प्रेशन गर्न आग्रह पनि गरे।
मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रि अनुसन्धानलाई १२५ सीसीको २१ थान मोटरसाइकल, इलेक्ट्रीक कार दुईवटा र इलेक्ट्रीक पिकअप तीनवटा हस्तान्तरण गरेको छ।







डिसी नेपाल







Facebook Comment