जनकपुरधममा निजी विद्यालय संचालकद्वारा प्रदर्शन

डिसी नेपाल
९ भदौ २०८२ १९:०३
20
Shares

जनकपुर । निजी विद्यालय संचालकहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले सोमबार (आज) जनकपुरधाममा प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका हुन्।

संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धि केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरुको संगठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

शान्तिपूर्ण विरोध जुलुस जनकपुरधामको विभिन्न चोक हुँदै मधेश प्रदेश सभा अगाडि पुगेर कोण सभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै संचालकहरुले निजी विद्यालयलाई गैरनाफा मुलक बनाउनुपर्ने प्राबधान प्रति आक्रोश व्यक्त गरेका थिए। उनीहरुले ऐन नसच्चायाए निरन्तर विरोध गरिरहने चेतावनी समेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *