गाउँपालिकाको कार्यालय अगाडिको धर्ना तथा अनशन स्थगित

डिसी नेपाल
१० भदौ २०८२ १६:१७
36
Shares

रौतहट। रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी विभिन्न माग राखी गरिएको धर्ना तथा अनशन स्थगित भएको छ।

पालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै गएको भदौं ४ गते देखि धर्ना तथा अनशनमा बसेका थिए।

गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा बसेको धर्ना तथा अनसनको सम्पूर्ण कार्यक्रम स्थगित भएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको उपस्थितिमा माग गरिएका बमोजिमको कानुन अनुसार दिन मिल्ने सूचना दिने सहमतिपछि धर्ना तथा अनशनको कार्यक्रम स्थगित गरिएको वडाध्यक्ष यादवले बताए।

आर्थिक वर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको निर्णय, लेखा परिक्षण प्रतिवेदन, गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति र त्यसको प्रक्रिया लगायतको सूचना माग गरिएको उनले जानकारी दिए।

पालिकाबाट हुने हरेक काम पारदर्शिता, निष्पक्षता, मितव्यतिता, सुशासनमैत्री हुनुपर्ने पनि मागमा समेटिएको छ। लामो समयसम्म चलेको छलफलपछि अनसनरत पक्ष सहमतिमा आएको र वडाध्यक्ष यादवलाइ प्रजिअ खड्काले जुस खुवाएर अनसन तोडेको जिल्ला प्रशासन कार्यालयका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *