प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा कागजात झिकाउने आदेश
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश दिएको छ।
अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा सुनुवाई भएको हो।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। साथै, नाउपाबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएका थिए। तर, प्रधानमन्त्री ओलीले एक महिना बितिसक्दापनि विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट परेको हो।
यस रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय पौडेल र निरौलाले नाउपाबाट सरकारलाई दिईएको समर्थन फिर्ताको पत्र, मन्त्रीले बुझाएको राजीनामालगायतका आवश्यक कागजात झिकाउने आदेश दिएका हुन्।






डिसी नेपाल





Facebook Comment