ऋषिपञ्चमी :टेकुमा महिला व्रतालुको घुइँचो (तस्बिरसहित)
काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ। ऋषिपञ्चमीका दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्।
महिलाले आज बिहानै उठेर स्नान गरी मंगलबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment