लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

डिसी नेपाल
१४ भदौ २०८२ २१:३४
500
Shares

लुम्बिनी। लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा शनिबार उनको निधन भएको हो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएकामा आज निधन भएको जानकारी दिए।

उनको अस्पतालमा एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो। पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकामा दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिए पनि उपचारकै क्रममा निधन भएको खड्काले बताए।

पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *