छिटोछरितो र पारदर्शी सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन

डिसी नेपाल
२२ भदौ २०८२ २१:४३
8
Shares

महेन्द्रनगर । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले राष्ट्रसेवक कर्मचारीलाई छिटोछरितो र पारदर्शी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

हित निजामती सेवा दिवसका अवसरमा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उनले कर्मचारी नै जनतासँग जोडिने सरकारको प्रतिनिधि भएकाले सेवाको प्रभावकारिताका लागि क्रियाशील हुन निर्देशन दिए।

कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका यादवले जनताको आस्था, विश्वास र अपेक्षालाई पूरा गर्नेगरी सेवा प्रवाह गर्न प्रशासन अग्रसर हुनुपर्ने र त्यसमा आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताए।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव मदन भुजेल, धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, उच्चपदस्थ अधिकारी, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *