भौतिक मन्त्री दाहाल मनिला प्रस्थान
काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन्।
सडक सुरक्षा सम्वन्धि एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आइतबार राति उनी त्यस तर्फ प्रस्थान गरेका हुन्।
एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधि मण्डल त्यस तर्फ गएको हो। सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा सम्वोधन गर्ने छन्।
सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदाविकास साझेदार एवम् विज्ञहरुको सहभागीता रहने छ। मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment